MRT बाट गरिएका अध्ययन तथा अनुसन्धान सम्बन्धी जानकारी
हाल नेपालमा भईरहेको च्याउ खेती गोब्रे च्याउ, कन्ये च्याउ, सिताके च्याउ मौसमी रुपमा चिसो मौसममा मात्र खेती हुने जातका हुन् । यसै अवस्थालाई मध्य नजर गर्दै नेपालको हावापानी अनुरुप मौसमी रुपमा वर्षभरि नै व्यवसायिक च्याउ खेती गर्ने उद्देश्यले यस केन्द्रबाट विशेष गरि गर्मी मौसममा मात्र खेती गरिने दुधे च्याउ र पराले च्याउको सफल परिक्षण गरिएको छ ।